बिहीबार, असार ३२,२०८३ 03:00:14
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 03:00:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी–इरानी नागरिकलाई रिहा गरेपछि ट्रम्पले गरे इरानको प्रशंसा

Laxmi Sunrise Bank Limited
अमेरिकी–इरानी नागरिकलाई रिहा गरेपछि ट्रम्पले गरे इरानको प्रशंसा

 

काठमाण्डौ । इरानले सन् २०२४ को डिसेम्बरदेखि देश छाड्न रोक लगाइएकी अमेरिकी–इरानी नागरिक डेना करारीलाई रिहा गरेको छ। उनी सुरक्षित रूपमा इरानबाट बाहिरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत करारी अहिले सुरक्षित स्थानमा रहेको र उनको स्वास्थ्य अवस्था पनि राम्रो रहेको जानकारी दिएका हुन्। उनले इरानको निर्णयलाई ‘सद्‌भावनापूर्ण कदम’ भन्दै प्रशंसा गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

ट्रम्पले रिहा भएकी महिलाको नाम उल्लेख नगरे पनि मानवअधिकारसम्बन्धी वकिल जारेड गेन्सरले उनी आफ्नी सेवाग्राही डेना करारी भएको पुष्टि गरेका छन्। परिवार भेट्न इरान पुगेकी करारीलाई डिसेम्बर २०२४ देखि देश छाड्न प्रतिबन्ध लगाइएको थियो।

करारीलाई सुरुमा हिरासतमा राखिएको र पछि रिहा गरिए पनि इरानी अधिकारीहरूले उनको राहदानी नियन्त्रणमा लिएर देशबाहिर जान रोकेका थिए। पछि उनीमाथि जासुसी तथा शत्रु राष्ट्रसँग सहकार्य गरेको आरोप लगाइएको थियो। उनका वकिलले ती आरोप आधारहीन रहेको दाबी गर्दै आएका थिए।

वकिल गेन्सरका अनुसार करारी अहिले सुरक्षित रूपमा अमेरिका फर्कने क्रममा छिन्। उनले करारीको रिहाइका लागि ट्रम्प प्रशासनले निरन्तर प्रयास गरेको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिका र इरानबीच सैन्य तनाव चर्किरहेका बेला करारीको रिहाइलाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। अमेरिकाले इरानमाथि सैन्य आक्रमण विस्तार गरिरहेको र हर्मुज जलडमरूमध्यलाई लिएर दुई देशबीच टकराव बढिरहेका बेला इरानले अमेरिकी नागरिकलाई छाडेको हो।

इरानले भने करारीको रिहाइबारे तत्काल औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.