बिहीबार, असार ३२,२०८३ 07:00:55
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 07:00:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मधेशमा चुनावसम्मै कांग्रेस नेतृत्वको सरकार कायम रहने

Laxmi Sunrise Bank Limited
मधेशमा चुनावसम्मै कांग्रेस नेतृत्वको सरकार  कायम रहने

 

काठमाण्डौ ।  केन्द्रमा सत्ता गठबन्धन फेरबदलको चर्चा चलिरहेका बेला मधेश प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले निरन्तरता पाउने भएको छ। प्रदेश सरकारमा सहभागी तीन दलले केन्द्रको राजनीतिक समीकरणले मधेशको गठबन्धनमा तत्काल असर नपर्ने स्पष्ट पारेका छन्।

मधेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित सरकार छ। तीनै दलका नेताहरूले प्रदेश सरकारलाई निर्वाचनसम्म निरन्तरता दिने सहमति कायम रहेको बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

मुख्यमन्त्री यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र अर्थमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच भएको छलफलमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने विषयमा सहमति भएको हो।

सरकार विस्तारअघि गत जेठ १२ गते तीन दलबीच निर्वाचनसम्म सहकार्य गर्ने विषयसहित १५ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार सरकार सञ्चालन भइरहेकाले केन्द्रमा हुने राजनीतिक परिवर्तनकै आधारमा प्रदेशको समीकरण नबदल्ने दलहरूको निष्कर्ष छ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलबीच प्रदेश तहमा कुनै समस्या नरहेको बताए। केन्द्रमा बन्ने गठबन्धन प्रदेशमा पनि अनिवार्य रूपमा लागू हुनुपर्छ भन्ने मान्यता आफूहरूको नरहेको उनको भनाइ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“संघीय लोकतान्त्रिक व्यवस्थामा केन्द्रमा जे हुन्छ, प्रदेशमा पनि त्यही गर्नुपर्छ भन्ने हुँदैन,” उनले भने, “विगतमा केन्द्र र प्रदेशमा फरक–फरक गठबन्धनका सरकार सञ्चालन भएका उदाहरण छन्। मधेशको तीनदलीय गठबन्धन निर्वाचनसम्म कायम रहन्छ।”

नेकपा संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराईले प्रदेशको बजेट सर्वसम्मत रूपमा पारित भएकाले वर्तमान सरकारलाई प्रभावकारी ढंगले निरन्तरता दिने विषयमा छलफल भएको बताए।

उनले मधेश प्रदेश सरकार विशिष्ट राजनीतिक परिस्थितिमा अन्य प्रदेशभन्दा फरक संरचनाको गठबन्धनबाट बनेकाले बाहिरी राजनीतिक परिवर्तनले तत्काल प्रभाव नपार्ने दाबी गरे।

मुख्यमन्त्री यादव गत मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका गरी ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.