शुक्रबार, श्रावण १,२०८३ 04:42:35
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:42:35
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलद्वारा कतारमा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’

एनआईसी एशिया क्यापिटलद्वारा कतारमा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’
New Office

 

काठमाण्डौ ।  एनआईसी एशिया क्यापिटलले विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै पहिलोपटक कतारको दोहामा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ सम्पन्न गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीको वित्तीय तथा पुँजीबजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।

कतारमा मात्रै करिब ३ लाख ५० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न रहेको तथ्यलाई ध्यानमा राख्दै क्यापिटलले ‘विदेशमा कमाऔँ, नेपालमा सम्पत्ति बनाऔँ’ नारासहित कार्यक्रम सञ्चालन गरेको हो।

वे टु सक्सेस इभेन्ट एन्ड ट्रेनिङ प्रोग्रामसँगको सहकार्यमा असार २६ गते दोहास्थित ग्लोरिया होटल एन्ड सुइट्समा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले डायस्पोरा खाता, एसआईपी, आईपीओ, सेयर, डिम्याट तथा मेरो सेयर खाता, नेपाली पुँजीबजारमा सम्पत्ति व्यवस्थापन, विश्वभर रहेका नेपालीलाई नेपालका लगानी अवसरसँग जोड्ने उपाय र ‘आइडिया टु आईपीओ बियोन्ड द बोर्डर’ लगायतका विषयमा जानकारी दिएका थिए।

वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक सेयर निष्कासनमा कसरी आवेदन दिने, आवेदन दिँदा ध्यान दिनुपर्ने विषय, सामूहिक लगानी कोषका इकाइ तथा एसआईपी खरिद गर्दा अपनाउनुपर्ने सावधानी र धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने प्रक्रियाबारे पनि कार्यक्रममा छलफल गरिएको थियो।

त्यसैगरी, विदेशमा आर्जन गरेको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने प्रक्रिया, नेपालमा उपलब्ध लगानीका अवसर तथा विदेशमै बसेर नेपालमा लगानी गर्ने तरिकाबारे विस्तृत जानकारी दिइएको क्यापिटलले जनाएको छ।

कार्यक्रममा कतारमा वैदेशिक रोजगारी, व्यवसाय तथा अन्य पेसामा संलग्न १४० जनाभन्दा बढी नेपालीको सक्रिय सहभागिता रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.