सोमबार, श्रावण ४,२०८३ 01:44:28
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 01:44:28
Bizshala
Global IME Bank Limited

सांसदको स्वकीय सचिव एआई र सूचना प्रविधिमा दक्ष हुनुपर्छ : शंकर पोखरेल

सांसदको स्वकीय सचिव एआई र सूचना प्रविधिमा दक्ष हुनुपर्छ : शंकर पोखरेल
New Office

 

काठमाण्डौ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा घरायसी वा व्यक्तिगत काम गर्ने व्यक्तिभन्दा संसदीय जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्ने दक्ष जनशक्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

आइतबार एमालेको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले सांसदका स्वकीय सचिव सूचना प्रविधिमा दक्ष, राजनीतिक चेत भएको र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग गर्न सक्ने व्यक्ति हुनुपर्ने धारणा राखे।

सांसदका लागि स्वकीय सचिव आवश्यक र स्वाभाविक भए पनि छनोट गर्दा व्यक्तिको क्षमता र उपयोगितालाई मुख्य आधार बनाउनुपर्ने उनको भनाइ थियो।

‘स्वकीय सचिव राख्दा आफ्नो संसदीय कामलाई प्रभावकारी बनाउन सक्ने व्यक्ति रोज्नुपर्छ,’ उनले भने, ‘घरायसी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष वा एआईसम्बन्धी तालिम लिएर त्यसको सदुपयोग गर्न सक्ने व्यक्ति चाहिन्छ।’

पोखरेलले भर्चुअल दुनियाँमा भइरहेको प्रतिस्पर्धामा एमाले पछाडि परेको स्वीकार गर्दै पार्टीका गतिविधि र संसद्मा उठाइएका विषयलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको अवस्थामा सांसदको धारणा, गतिविधि र संसदीय भूमिकालाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सक्ने जनशक्ति आवश्यक रहेको उनले बताए।

सबै सांसदको रुचि, क्षमता र विषयगत ज्ञान एउटै नहुने उल्लेख गर्दै पोखरेलले दक्षताका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने अभ्यास विकास गर्नुपर्नेमा पनि जोड दिए।

‘पदीय मर्यादाक्रमलाई मात्र आधार नबनाई विषयवस्तुको ज्ञान र दक्षताका आधारमा नेतृत्व गर्ने अभ्यास गर्न सकियो भने संसद्मा हाम्रो प्रस्तुति अझ प्रभावकारी बन्न सक्छ,’ उनले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.