काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय रद्द गरेको छ।
संस्थाको सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले यसअघि २०८३ असार ३१ गते बसेको ४८७औँ बैठकबाट बिष्टलाई चार वर्षे दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्ति गर्ने निर्णय र सोही आधारमा गरिएको करारनामासमेत रद्द गर्ने निर्णय गरेको हो।
संस्थाले एक सूचनामार्फत हालका सीईओ बिष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।
त्यसपछि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म संस्थाका कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरिएको छ।

