आईतवार, जेष्ठ ३,२०८३ 05:35:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:35:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१२७ वर्ष पुरानो गोदरेज ग्रुप अन्ततः विभाजित, कसको भाग पर्यो कति सम्पत्ति ?

Laxmi Sunrise Bank Limited
१२७ वर्ष पुरानो गोदरेज ग्रुप अन्ततः विभाजित, कसको भाग पर्यो कति सम्पत्ति ?
Shivam Cement

काठमाण्डौ । भारत स्वतन्त्र हुनु अघि देखिको व्यवसायिक घराना गोदरेज ग्रुप विभाजन भएको छ । रियल स्टेटदेखि लिएर उपभोग्य वस्तुसम्म कारोबार फैलिएको १२७ वर्ष इतिहास बोेकेको गोदरेज ग्रुपको व्यवसाय अन्नतः दुई भागमा विभाजन भएको हो ।  

विभाजन सम्झौताका अनुसार एक हिस्सा ८२ वर्षिय आदि गोदरेज र उनका भाई नादिरको भागमा परेको छ भने अर्को हिस्सा काका का छोरा जमशेद  र उनकी बहिनी स्मिता गोदरेजको भागमा परेको छ ।  

आदि र नादिरले गोदरेज इन्डस्ट्रिज आफ्नो भागमा पारेका । जसअन्तर्गत ५ वटा सूचीकृत कम्पनीहरु छन् । जमशेद र स्मिताको भागमा भने गैर–लिमिटेड कम्पनी गोदरेज एण्ड बोयस र मुम्बईमा त्यससँग सम्बन्धित मुख्य सम्पत्तिसहित ल्याण्ड बैंक परेको छ ।  

गोदरेज इन्डस्ट्रिज समूहमा सेयर बजारमा सूचीकृत कम्पनीहरु–गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्ज्युमर, गोदरेज प्रोपटिज्, गोदरेज एग्रोभेट र एस्टेक लाइफ साइन्सेस छन् । यी कम्पनीका अध्यक्ष नादिर गोदरेज हुनेछन् र यसको नियन्त्रण भने नादिर र उनको परिवारले गर्नेछ । आदिका ४२ वर्षिय छोरा पिरोजशा गोदरेज कम्पनीका कार्यकारी उपाध्यक्ष हुनेछन् । उनले सन् २०२६ सम्म नादिरको स्थान ओगट्ने जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

अर्कोतर्फ गोदरेज इन्टरप्राइजेज ग्रुपमा गोदरेज एण्ड बोयस र सहायक कम्पनी समावेश छन् । यसलाई एमडी तथा प्रेसिडेन्ट  जमशेद गोदरेजले नियन्त्रण गर्नेछन् । उनकी बहिनी स्मिताकी ४२ वर्षिय छोरी न्यारिका होल्कर कम्पनीको कार्यकारी निर्देशन बन्नेछिन् । यो ग्रुपसँग मुम्बईमा ३ हजार ४ सय एकडको ल्याण्ड बैंक पनि छ । यो ग्रुपको कुल बजार मूल्य २.३४ लाख करोड भारु छ ।  

गोदरेज ग्रुपमा विभाजनको प्रक्रिया ३ वर्षदेखि चल्दै आएको थियो ।  

गोदरेज ग्रुपको स्थापना सन् १८९७ मा अर्दिेशिर गोदरेवज र पिरोजशा बुर्जोरसी गोदरेजले गरेका थिए ।  

गोदरेज ग्रुपका संस्थापक आर्देशरि गोदरेजले ३ हजार भारुबाट सर्जरी ब्लेडको आफ्नो व्यवसाय गरेका थिए । जुन व्यवसाय धेरै टिक्न सकेन ।  

त्यसपछि उनले साचो चाबी बनाउने व्यवसाय सुरुवात गरेका थिए र विस्तारै व्यवसायलाई विस्तार गर्दै लगेका थिए ।  -एजेन्सी

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.