आईतवार, जेष्ठ ३,२०८३ 02:23:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:23:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वकै उत्कृष्ट एयरलाइन्सले कर्मचारीलाई ८ महिनाको तलबबराबर बोनस दिने

Laxmi Sunrise Bank Limited
विश्वकै उत्कृष्ट एयरलाइन्सले कर्मचारीलाई ८ महिनाको तलबबराबर बोनस दिने
Shivam Cement

काठमाण्डौ । विश्वकै उत्कृष्ट हवाई विमान कम्पनी, सिंगापुर एयरलाइन्सले आफ्ना कर्मचारीलाई ८ महिनाको तलबबराबरको बोनस प्रदान गर्ने भएको छ । कम्पनीको बोनसको विषयमा जानकार व्यक्तिले यसबारे खुलासा गरेको सीएनएनले जनाएको छ ।  

गत  बुधबार कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले २०२३/२०२४ को आर्थिक वर्षमा १.९८ बिलियन डलरबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

‘चीन,हङकङ, जापान र ताईवान जस्ता उत्तर एशियाली देशहरुले कोरोना महामारीपश्चात सीमा नाकाहरु खुल्ला गरेपछि यो वर्षभरी नै हवाई यात्रा उत्साहजनक रुपले बढ्यो ।’ कम्पनीले आफ्नो आम्दानी प्रतिवेदनमा उल्लेख गरेको छ ।  

Bizshala
New Office
CG Motors

यद्यपी कम्पनीले आगामी वर्षहहरु भने हवाई उद्योगका लागि चुनौतिपूर्ण हुनसक्ने जनाएको छ । ‘भू–राजनीतिक तनाव,बाह्य अर्थतन्त्रको अनिश्चिनता,मुद्रास्फितीको दबाव र आपूर्ति श्रृखलामा उत्पन्न हुने अवरोध हवाई उद्योगका लागि चुनौतिका रुपमा देखिएका छन् ।’ कम्पनीले उल्लेख गरेको छ ।  

सिंगापुरको राष्ट्रिय ध्वजावाहक ‘सिंगापुर एयरलाइन्स’गत वर्ष विश्वकै उत्कृष्ट हवाई कम्पनी घोषणा भएको थियो । स्काईट्रयाक्सले प्रदान गरेको उक्त उपाधि कम्पनीले आफ्नो २३ वर्षे लामो इतिहासमा ५ औं पटक प्राप्त गरेको हो ।  

कर्मचारीलाई उच्च बोनस दिने सिंगापुर एयरलाइन्स एक्लो कम्पनी भने होइन । गत साता दुबईको इमिरेट्सले पनि आफ्ना कर्मचारीहरुलाई २० साताको तलबबराबरको बोनस दिने घोषणा गरेको थियो ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.