आईतवार, असार १,२०८२ 10:33:44
  • आईतवार, असार १,२०८२ 10:33:44
Global IME Bank Limited

भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने

Hyundai Nepal
भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने
Nabil Bank Limited

काठमाण्डौ । भियतनामी अटो निर्माता भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको विषयमा अनुसन्धान हुने भएको छ । अमेरिकाको अटो सुरक्षा अनुसन्धानकर्ताहरुले क्यालिफोर्नियाको प्लिएसान्तोनमा गत अप्रिल २४ मा भिनफास्टको भीएफ८ ईभी कार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको घटनाकोअनुसन्धान गरिने बताएका हुन् ।  

अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनीस्ट्रेशन(एनएचटीएसए)’ले अप्रिल २४ मा भएको उक्त दुर्घटना के कति कारणले भएको भन्ने बारे अनुसन्धान हुने जनाएको छ । उक्त दुर्घटनाको विषयमा कम्पनीविरुद्ध दर्ता गरिएको आरोपमा कारको स्टेरिङमा समस्या आएका कारण दुर्घटना भएको जनाइएको छ । उक्त कार दुर्घटनामा चालक दम्पत्ति र उनीहरुका १३ र ९ वर्षिय सन्तानको पनि मृत्यु भएको थियो ।  

उक्त दुर्घटनापश्चात अप्रिल २९ मा चालकका सहपाठीले यसअघि छुट्टै घटनामा उक्त कारको स्ट्ररिङ आफै दायाँतर्फ मोडिएको तर त्यसबेला भने नियन्त्रण कायम गर्न सकिएको र सोही घटना पुनः दोहोरिएको हुनसक्ने भन्दै कम्पनीविरुद्ध एनएचटीएसएमा उजुरी दर्ता गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्लिएसान्तोनको प्रहरीले भने चालकले नियन्त्रण गुमाएका कारण कार ठूलो रुखसँग ठोकिएको र उच्च गति नै यसको मुख्य कारक रहेको जनाएको छ ।  

भियतनामी अटो निर्माता भिनफास्टले सन् २०२३ देखि अमेरिकी बजारमा ईभी कार बिक्री वितरण गरिरहेको छ ।    

एनएचटीएसएले वार्षिक रुपमा नयाँ उदयिमान प्रविधि र अन्य सम्भावित अटो सुरक्षाका विषयसँग सम्बन्धित १०० भन्दा बढी कार क्र्यासका बारेमा अनुसन्धान गर्ने गरेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.