बुधबार, असार १८,२०८२ 10:39:04
  • बुधबार, असार १८,२०८२ 10:39:04
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्-'बजार गुड न्यूजको प्रतिक्षामा'

Hyundai Nepal
दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्-'बजार गुड न्यूजको प्रतिक्षामा'
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार १०.३७ अंक अर्थात ०.४९ प्रतिशतले बढेर २ हजार ०९४.४६ बिन्दुमा पुगेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ३८०.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०६ वटा कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।  

आज बजार बढ्नुका कारणका बारेमा बजार जानकार छोटेलाल रौनियार भन्छन्,‘लगातार ७ दिनमा ७९ घटेको बजार आज सकारात्मक बनेको छ । बजार बढ्ने प्रयासमा छ । तर बजारले एउटा गुड न्यूज पर्खिरहेको जस्तो देखिन्छ । जस्तै आउँदै गरेको मौद्रिक नीतिको समीक्षामा जोखिम भार घट्ने र क्याप हट्ने लगानीकर्ताले विश्वास गरेका छन् ।’

उनकाअनुसार निक्षेपको ब्याजदर घटे पनि कर्जाको उल्लेख्य घटेको छैन । त्यसैले कर्जामा पनि ब्याजदर घटेने अपेक्षा लगानीकर्ताले गरेका छन् ।  ‘हाल १६ अर्ब डलरभन्दा बढी विदेशी मुद्रा सञ्चीति छ । त्यसैले बजार बढ्नुको विकल्प छैन ।किनकी  भारत र श्रीलंकामा पनि बजार बढेको छ ।’-उनले भने ।

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘लगातार घटिरहेको बजार आज अन्तिम समयमा सम्हालिएको छ । यसले बजार घट्ने क्रम अब तत्कालका लागि सकिएको छ, उनले भने,‘आज सूचक र कारोबार दुवै बढेको छ ।’

रिजालका अनुसार अहिले बजारमा कारोबारीको सक्रियता देखिन्छ र २१०० माथि बजार पुगेपछि कारोबारी झनै सक्रिय हुँदा बजार पुनः २२०० सम्म पुग्नसक्ने आँकलन गर्न सकिन्छ । अब नीतिमा पनि परिवर्तन भए बजारमाथि नै जाने रिजालको भनाई छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये बैंकिङ, होटल एण्ड टुरिजम,उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी हाईड्रोपावर समूह १.३३ प्रतिशतले बढेको छ ।  

यसैगरी, विकास बैंक समूह १.२२, वित्त ०.८२, लगानी ०.९३, जीवन बीमा ०.५०, लघुवित्त ०.५५, निर्जीवन बीमा ०.५२ अन्य १.३२ र व्यापार समूह ०.१९ प्रतिशतले बढेका छन् ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै ङादी पावरको २३ करोडभन्दा बढीको कारोबार भएको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको १७ करोड ३४ लाख बढीको कारोबार भएको छ । आज हाथवे इन्भेष्टमेन्टको १३ करोड २७ लाख बढीको कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा मिडसोलु हाईड्रोपावर, माथिल्लो मैलुङखोला र सामलिंगपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै हाथवे इभन्भेष्टमेन्टको सेयरमूल्य ८.७३ प्रतिशत, माउन्टेन हाईड्रोको ७.९७ र एशियन हाईड्रोपावरको सेयरमूल्य ६.८० प्रतिशतले बढेको छ ।  सेयरमूल्य ९.८८ प्रतिशतले बढेको  छ ।  

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ९.८६ प्रतिशतले घटेको छ ।  

त्यस्तै, इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६.४० मनकामना स्मार्ट लघुवित्त ५.१९ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ३.३६ प्रतिशतले घटेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.