सोमबार, जेष्ठ ४,२०८३ 12:51:15
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:51:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाकिस्तानमा नोटबन्दी ! २० देखि ५००० रुपैयाँका नयाँ नोट ल्याउने उद्घोष

Laxmi Sunrise Bank Limited
पाकिस्तानमा नोटबन्दी ! २० देखि ५००० रुपैयाँका नयाँ नोट ल्याउने उद्घोष
Shivam Cement

काठमाण्डौ । नगदको समस्यासँग जुधिरहेको पाकिस्तानले २० रुपैयाँदेखि ५००० रुपैयाँसम्मको नयाँ नोट जारी गर्ने तयारी गरेको छ । यस्तो निर्णय पाकिस्तानी सरकारले बढ्दो नक्कली नोटको प्रयोगको समस्या समाधानका लागि गरेको समाचार एजेन्सीहरुले दाबी गरेका छन् ।  

स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदले सुरक्षालाई मध्यनजर गर्दै नयाँ नोटहरुलाई एडभान्स फिचर्सका साथ बजारमा ल्याइने बताएका छन् । यस्तै, करेन्सी सिस्टमलाई थप आधुनिक बनाउनका लागि डिजाइन समेत अपडेट गरिनेछ । 

Bizshala
New Office
CG Motors

उनले यस्तो कदमको लक्ष्य पाकिस्तानको मौद्रिक प्रणाली, कारोबार तथा नागरिकबीच विश्वास पैदा गर्नु रहेको दाबी गरेका छन् ।  

गभर्नरले भनेका छन् कि नयाँ नोटहरुलाई पुराना नोटहरु बिस्तारै बिस्तारै विस्थापन गर्दै चलनचल्तीमा ल्याइनेछ ।  

पीटीआईकाअनुसार पाकिस्तानको केन्द्रीय बैंकले २००५ देखि नयाँ नोटहरु जारी गर्दै आएको छ । त्यहाँ २०, ५०, १००, ५००, १००० र ५००० रुपैयाँको नोट चलनचल्तीमा रहेका छन् ।  

मिडिया रिपोर्टहरुमा बताइएको छ कि वैश्विक अर्थतन्त्रसँग तालमेल मिलाउन तथा पाकिस्तानी रुपैयाँको वित्तीय अखण्डता सुनिश्चित गर्नका लागि केन्द्रीय बैंकले प्रतिबद्धता समेत जनाएको छ ।  

समाचारअनुसार नयाँ नोटहरुमा कैयन प्रकारका सुरक्षा सम्बन्धी विशेषताहरु थप गरिएका छन् । सरकारले नयाँ नोटमा यस्ता फिचर्स राखेको छ, जसको सजिलै नक्कल गर्न कसैले नसकोस् र नक्कली नोटको दबदबा बजारमा नबनोस् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.