शनिबार, जेष्ठ २,२०८३ 09:53:04
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:53:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गुगलका लागि थप खतरा बन्दै ओपन एआई, नयाँ एआई सर्च इन्जिनको घोषणा

Laxmi Sunrise Bank Limited
गुगलका लागि थप खतरा बन्दै ओपन एआई, नयाँ एआई सर्च इन्जिनको घोषणा
Shivam Cement

काठमाण्डौ । ओपन एआईले नयाँ प्रोटोटाइप सर्च इन्जिन लञ्च गर्ने घोषणा गरेको छ । कम्पनीले सर्चजीपीटी नामक सर्च इन्जिनका बारेमा परीक्षणको काम भईरहेको र यसलाई चाडै नै लञ्च गर्ने घोषणा गरेको हो ।  

सर्चजीपीटीले एआई प्रविधिलाई वेबको रियल टाइम इन्फरमेशनसँग कम्बाइन गर्नेछ र मानिसहरुलाई च्याटजीपीटी जस्तै सूचनाहरु सर्च गर्न सहयोग गर्नेछ । सुरुवाती चरणमा अहिले यो सर्च इन्जिनको परीक्षण सीमित प्रयोगकर्ताहरुमाझ भईरहेको छ । ओपन एआईले यसलाई भविष्यमा च्याटजीपीटीसँग एकीकृत गरिने योजना बनिरहेको जनाएको छ ।  

यो नयाँ फिचरसँगै ओपन एआईले गुगलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने भएको छ । गुगलले विगत लामो समयदेखि अनलाइन सर्च बजारमा आफ्नो प्रभुत्व कायम राख्दै आएको छ । सर्च जीपीटीले माइक्रोसफ्टको सर्च इन्जिन बिङसँग समेत प्रतिस्पर्धा गर्ने भएको छ ।  

Bizshala
New Office
CG Motors

ओपन एआईको नयाँ टुल सर्च जीपीटीमा प्रयोगकर्ताहरुले च्याट जीपीटीसँग जस्तै प्राकृतिक भाषामा कुरा गर्न सक्नेछन् । प्रयोगकर्ताले पाएको जवाफामा थप अतिरिक्त फलो अप प्रश्नहरु समेत सोध्न सक्नेछन् । तर आफ्नो उत्तर दिनका लागि पुरानो डेटामा निर्भर हुने च्याट जीपीटीको विपरीत सर्च जीपीटीले भने अप–टु डेट सूचना प्रदान गर्नेछ र प्रयोगकर्तालाई अन्य लिंक पनि प्रदान गर्नेछ जसलाई कम्पनीले स्वच्छ र भरपर्दा स्रोत भनेर व्याख्या गरेको छ ।  

गत मे महिनामा गुगलले टप सर्च रिजल्ट पेजमा एआई जेनेरेटेड समरी रोलआउट गरेसँगै ओपन एआई सर्चजीपीटी ल्याएको हो ।  

ओपन एआई नयाँ सर्च टुल्स घोषणा गरेसँगै अल्फाबेटको सेयरमूल्यमा गिरावट आएको छ । बिहिबार कम्पनीको सेयरमूल्य ३ प्रतिशतले घटेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.