बुधबार, असार ४,२०८२ 05:46:33
  • बुधबार, असार ४,२०८२ 05:46:33
Global IME Bank Limited

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन

Hyundai Nepal
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन
Nabil Bank Limited

काठमाण्डौ । आज कुशे औंसी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।  

अ‍ाज बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जमानहरुका घरमा कुश पुर्‍याइदिने प्रचलन छ । कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान दिने प्रचलन पनि छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्छन् । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुशे औंसी पर्वलाई बुवाको मुख हेर्ने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजका दिन छोराछोरीहरुले आफ्ना बुवालाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन रहेको छ ।  छोराछोरीले आफ्ना बुवालाई मनपर्ने  खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुवाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वाससाथ घरबाट टाढा रहेका छोराछोरीले समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने गर्छन् ।

पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।  त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

काठमाण्डौको गोकर्ण लगायतका तीर्थस्थलहरुमा समेत पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लाग्ने गर्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.