बुधबार, असार ४,२०८२ 02:48:03
  • बुधबार, असार ४,२०८२ 02:48:03
Global IME Bank Limited

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Hyundai Nepal
विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकारले विकास ऋणपत्र बिक्रीमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।  

नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्न लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँबराबरको ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि ३ बजेसम्म अनलाइन बिडिङमार्फत हुन लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसको निष्कासन मिति भने भदौ २७ गते र साँबा भुक्तानी मिति भने २०८४ भदौ २६ गते तोकिएको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा गरिनेछ ।  

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था र नेपाली नगारिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्रमा धितो राखि कर्जा लिन पाइने व्यवस्था गरिएको छ । यसको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।  

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा ब्याजकर कर लाग्ने छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु.८५० करोड र १५० करोड छुट्टाइएको छ ।  

बोलकबोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।  

अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिने कार्यालयले जनाएको छ ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.