मंगलवार, असार ३,२०८२ 04:26:30
  • मंगलवार, असार ३,२०८२ 04:26:30
Global IME Bank Limited

सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता रहेको प्रतिवेदन तयार

Hyundai Nepal
सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता रहेको प्रतिवेदन तयार
Nabil Bank Limited

काठमाण्डौ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी संस्थाको बचत अपचलनमा संलग्न  रहेको प्रतिवेदन तयार गरेको छ ।

जेठ १५ गते गठन भएको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले यस्तो प्रतिवेदन तयार गरेको हो । नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको थियो । सोही बमोजिम ७ सदस्यीय संसदीय छानबिन समितिको गठन भएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहकारीबाट पैसा ल्याउने प्रक्रियामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता नदेखिएको तर गोर्खा मिडियाको प्रबन्ध निर्देशक र साझेदारको हैसियतले उक्त मिडियाको खर्च गर्ने प्रक्रियामा उनको संलग्नता देखिएको समितिको प्रतिवेदनबारे एक सदस्यले बताए ।  

जसको सभापति नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन्। यस्तै समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू पनि छन्।

समितिले उक्त प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेस गर्ने भएको छ।  

समितिद्वारा तयार पारितएको प्रतिवेदन पारित गर्न समितिको बैठक समेत बस्न लागेको छ ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.