सोमबार, मंसिर १५,२०८२ 11:10:32
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:10:32
Bizshala
Global IME Bank Limited

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्रीवितरण सुरु, कति पर्छ मूल्य ?

Hyundai Nepal
नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्रीवितरण सुरु, कति पर्छ मूल्य ?
Shivam Cement

काठमाण्डौ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यु ई’ भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यु र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY  क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यु ई को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दशैं तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु(एस)१.२ को ४४ हजार ९६ हजार र भेन्यु (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ  िकम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।  

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.