आईतवार, असार १,२०८२ 10:42:09
  • आईतवार, असार १,२०८२ 10:42:09
Global IME Bank Limited

हिमालय उर्जाको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता आजदेखि

Hyundai Nepal
हिमालय उर्जाको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता आजदेखि
Nabil Bank Limited

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीको १४ लाख ४६ हजार ३५५ कित्ता अवितरित हकप्रद सेयर असोज २९ गते निष्कासनकर्ता कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।  

उक्त हकप्रद सेयरको गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते खोलिएको थियो । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी असोज ३० गते

आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा नबिल इन्भेष्टमेन्ट बैंकिङ,नारायणचौर नक्सालमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले उक्त सेयरहरुको बिक्री आवेदन गत असोज ७ गतेदेखि १४ गतेसम्म खुलाएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.