मंगलवार, माघ २०,२०८२ 10:49:07
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 10:49:07
Bizshala
Global IME Bank Limited
Bizshala

३ महिनामा १७.५% ले बढ्यो सेयर धितो कर्जा, करोडमाथि लिने धेरै

३ महिनामा १७.५% ले बढ्यो सेयर धितो कर्जा, करोडमाथि लिने धेरै
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत असार मसान्तसम्ममा प्रवाह भएको तुलनामा १७.५ प्रतिशतले बढी हो ।  

गत असार मसान्तसम्म भने बैंक तथा वित्तीय संस्थाबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो । यसरी ३ महिनाको अवधिमा १५ अर्ब ७३ करोड रुपैयाँबराबरको थप सेयर धितो कर्जा प्रवाह भएको छ ।  

Bizshala
Garima Development Bank
New Office

समीक्षा अवधिमा १ करोड रुपैयाँभन्दा माथि सीमाको सेयर धितो कर्जा सबैभन्दा धेरै प्रवाह भएको छ । असोज मसान्तसम्म १ करोड सीमा माथिको ६९ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत असारसम्मको तुलनामा २५.१ प्रतिशतले बढी हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाबाट १ करोड माथि सीमाको ५५ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

यस्तै असोज महिनासम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्म सीमाको १३ अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम असारसम्मको १२ अर्ब ४२ करोड रुपैयाँको तुलनामा ९.४ प्रतिशतले बढी हो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यो अवधिमा २५ लाखदेखि ५० लाखको सीमासम्म यस्तो कर्जा १४ अर्ब ८७ करोड रुपैयाँ र २५ लाख मुनि ७ अर्ब ३९ करोड रुपैयाँबराबर प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.