मंगलवार, जेष्ठ ५,२०८३ 05:05:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:05:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंक तथा वित्तीय संस्थाबाट रु.१.७ खर्बको सेयर धितोकर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै झण्डै ८६ अर्ब

Laxmi Sunrise Bank Limited
बैंक तथा वित्तीय संस्थाबाट रु.१.७ खर्बको सेयर धितोकर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै झण्डै ८६ अर्ब
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब भन्दा बढीको सेयर धितोकर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको हो ।  

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो सेयर धितोकर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३२.७९ प्रतिशत बढी हो । गत आवको चार महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट कुल ८१ अर्ब १५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा कर्जा प्रवाह बढाएकै कारण बैंकबाट लोन लिएर सेयरबजारमा लगानी गर्नेको संख्या बढेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो केही समययता बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा जाने कर्जा अनुपातमा बृद्धि भएको छ ।  

चार महिनासम्ममा वाणिज्य बैंकहरुबाट मात्रै लगानीकर्ताहरुले ८५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कर्जा लिएका छन् । जुन यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.०८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा वाणिज्य बैंकहरुबाट लगानीकर्ताले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर कर्जा लिएका थिए ।  

Bizshala
New Office
CG Motors

हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकबाहेक सबै वाणिज्य बैंकहरुले यस्तो कर्जा प्रवाह गरिरहेका छन् । गत आवको तुलनामा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र हिमालयन बैंकबाट सेयर धितोकर्जा रकम घटेको छ भने बाँकी सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ । सबैभन्दा बढी नेपाल एसबिआई बैंकको यस्तो कर्जा प्रवाह १८८२.३३ प्रतिशतले बृद्धि भएको छ ।  

चार महिनासम्ममा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकबाट ११ अर्ब १५ करोड रुपैयाँको सेयर धितोकर्जा प्रवाह भएको छ भने सबैभन्दा थोरै नेपाल एसबिआई बैंकबाट जम्मा ४७ करोड ४५ लाख रुपैयाँ प्रवाह भएको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट प्रवाह भएको यस्तो कर्जा पनि २५ प्रतिशतले बृद्धि भएको छ । गत आवको कात्तिक महिनासम्ममा  १४ अर्ब ९ करोड १४ लाख रुपैयाँ सेयर धितोकर्जा प्रवाह भएकोमा चालु आवको ४ महिनासम्ममा १७ अर्ब ६२ क रोड ३६ लाख रुपैयाँको सेयर लोन प्रवाह भएको छ ।  

हालस १३ वटा विकास बैंकले सेयर धितोकर्जा प्रवाह गरिरहेका छन् । सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकबाट ३ अर्ब २८ करोड रुपैयाँको सेयर कर्जा प्रवाह भएको छ । सिन्धु विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकबाट सेयर धितो कर्जा प्रवाह गत आवको तुलनामा घटेको छ भने बाँकी सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ । सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको यस्तो कर्जा प्रवाह ८२७.७७ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट पनि सो अवधिसम्ममा ४ अर्ब २३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २२.१९ प्रतिशत बढी हो । गत आवको ४ महिनासम्ममा फाइनान्स कम्पनीहरुबाट कुल ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

हाल १४ फाइनान्स कम्पनीले सेयरमा ऋण लगानी गरेका छन् । जसमध्ये सर्वाधिक मन्जुश्री फाइनान्सले ८२ करोड ५२ लाख रुपैयाँ सेयरमा ऋण लगानी गरेको छ । १४ मध्ये नेपाल फाइनान्स, गुडविल फाइनान्स र पोखरा फाइनान्सको यस्तो ऋण लगानी गत आवको सोही अवधिसम्मको तुलनामा घटेको छ भने बाँकी सबै कम्पनीको बढेको छ । सर्वाधिक बढ्नेमा भने सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको सेयर धितोकर्जा प्रवाह ११२९.१२ प्रतिशतले बृद्धि भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.