सत्ता गठबन्धनमा आँधीहुरी, रवि र वर्षमान बालकोट पुगे
काठमाण्डौ । राष्ट्रिय राजनीतिका घटनाक्रमहरुमा नाटकीय विकास हुन थालेको छ । विकसित घटनाक्रमहरुमा कुनै ट्वीस्ट आएन भने र माओवादी केन्द्र इमानदार भएर टिकिरह्यो भने सत्ता समीकरण परिवर्तनका स्पष्ट संकेतहरु सतहमै देखिन थालेका छन् । केही दिनअघिदेखि सत्ताको प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । कांग्रेसको महासमिति बैठकले पारित गरेको दुईवटा...

