सुनको मूल्य प्रतिऔंस ४ डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२१ अर्थात प्रतिऔंस ४.१५ डलरले बढेको हो । सुनको मूल्यमा भएको यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा यसको मूल्य प्रतिऔंस २०२५.२१ डलर कायम भएको छ ।