लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७५८.७५ विन्दुमा पुगेको छ ।यो संगै नेप्से लगातार ६ दिन बढेको छ । गत फागुन ४ गतेदेखि बढ्न थालेको बजार आज झिनो अंकले बढेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४५९.२५ विन्दुमा पुगेको छ ।...

