प्रतिऔंस २९ सय डलरको आँकडा पार गर्दै सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ६३ डलरको बढोत्तरी
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको मूल्य २.२१ प्रतिशतले बढ्दै २ हजार ९ सयको आँकडा पार गरेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ६३ डलरले बढ्दै प्रतिऔंस २ हजार ९२५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

