अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ५०.८८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ थियो ।

