विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
काठमाण्डौ । सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

