अध्यादेशपछि निजामति प्रशासन तरंगित, कर्मचारी संगठनहरूको कडा आपत्ति
काठमाण्डौं । सरकारले अध्यादेशमार्फत ‘निजामती सेवा ऐन, २०४९’ मा गरेको संशोधनप्रति कर्मचारी प्रशासनभित्र तीव्र असन्तोष देखिएको छ। ट्रेड युनियन अधिकार सीमित गर्ने प्रावधानप्रति प्रमुख निजामती कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।वि.सं. २०८३ वैशाख २० गते जारी ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ लाई कर्मचारी संगठनहरूले विधायिकी प्रक्रियालाई छलेर...

