आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह
काठमाण्डौ । आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधाहरुको भरपूर सदुपयोग गर्न भक्तपुर जिल्लाका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय भक्तपुरको संयुक्त आयोजनामा संघको सभाहलमा बिहीबार सञ्चालन भएको ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं...

