बुधबार, माघ २१,२०८२ 02:39:48
Bizshala
  • बुधबार, माघ २१,२०८२ 02:39:48
Bizshala
Global IME Bank Limited
Bizshala

आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह

आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह
Shivam Cement

काठमाण्डौ । आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधाहरुको भरपूर सदुपयोग गर्न भक्तपुर जिल्लाका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  

भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय भक्तपुरको संयुक्त आयोजनामा संघको सभाहलमा बिहीबार सञ्चालन भएको ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं समसामयिक करका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम’मा प्रमुख कर अधिकृत गौतमले राज्यको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ठूलो रहेको भन्दै राज्यलाई तिर्नुपर्ने कर बिना जरिवाना समयमै तिरेर सहयोग गर्न आग्रह गरेका हुन् ।  

जिल्लामा अझै पनि व्यवसाय दर्ता नगरी कारोवार गर्ने व्यवसायीहरुको संख्या धेरै रहेको उनको भनाइ छ । उनले व्यवसाय दर्ता गरेर कारोवार गर्नेमध्ये पनि ५० प्रतिशतभन्दा बढी व्यवसायीहरुले आय विवरण बुझाउने नगरेकोमा चिन्ता व्यक्त गर्दै सबैले समयमा कर तिरेर असल नागरिकको पहिचान कायम गर्नुपर्ने बताए ।  

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले आर्थिक ऐनमा उपलब्ध सेवा सुविधाहरुका साथै नीति नियमहरु बारेमा जानकार नहुँदा अधिकांश उद्योगी व्यवसायीहरुले अन्जानमा जरिवाना तिर्नुपर्ने अवस्था रहेको हुनाले कर बारेमा सुसूचित गराउने उद्देश्यका साथ कार्यक्रम राखिएको बताइन् । जिल्लाका उद्योगी व्यवसायीहरुको व्यापार व्यवसायको विकास र प्रवद्र्धन सँगै संघले विभिन्न समयमा कर सम्बन्धी छलफल, अन्तरक्रिया एवं तालिमहरु समेत सञ्चालन गर्दै आएको जानकारी दिइन् । यस किसिमका कार्यक्रमले उद्योगी व्यवसायीहरुमा रहेको कर सम्बन्धी अन्यौलतालाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।  

Bizshala
Garima Development Bank
New Office

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईंलगायतले कर तिर्नु सबै नागरिकको दायित्व रहेको भन्दै कर करले होइन रहरले तिर्ने वातावरण राज्य पक्षबाट बनाउनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गौतमले आर्थिक ऐन २०८१ ले प्रदान गरेका विभिन्न छुट सुविधाहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले आयकर ऐन, अन्त शुल्क ऐन, मदिरा ऐन लगायतमा भएका व्यवस्थाहरु, व्यवसायिक विषयमा आउने सवालहरुका बारेमा जानकारी गराएका थिए । वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले भोगिरहेका कर सम्बन्धी समस्याका विषयमा सहभागीहरुले उठाएको प्रश्न तथा गुनासोको प्रमुख कर अधिकृत गौतमले प्रष्ट पारेका थिए ।  

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू, जिल्लास्थित विभिन्न वस्तुगत संघका पदाधिकारीहरु लगायत १५२ जना उद्योगी व्यवसायीहरु उपस्थित रहेका थिए ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.