अब घरमै पासपोर्ट–नागरिकता ! बालेन सरकारको पहिलो निर्णयमै ‘होम डेलिभरी’ सिस्टम
काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ सरकारले आफ्नो पहिलो निर्णयमै नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि सार्वजनिक गरेको १०० कार्यसूचीअन्तर्गत अब पासपोर्ट, नागरिकता प्रतिलिपि, सवारी चालक अनुमति पत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

