आन्दोलन कमजोर बनेपछि एमालेले माग्यो अन्य दल र नागरिक समाजको सहयोग, विरोध कार्यक्रमलाई निरन्तरता दिने
काठमाण्डौ । पछिल्लो समय आन्दोलन अपेक्षाकृत कमजोर बन्दै गएको संकेतबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो आन्दोलनलाई सशक्त बनाउन अन्य राजनीतिक दल, संघ–संस्था र नागरिक समाजसँग सहयोगको अपिल गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको हो।

