संविधान संशोधनको गृहकार्य सुरु: असीम साह नेतृत्वमा कार्यदल गठन, सबै दलको सुझाव समेटिने
काठमाण्डौ । सरकारले संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने संकेतस्वरूप आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा गठन गरिएको उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहनेछ।

