सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा दीर्घकालीन असर पर्न सक्ने...