मंगलवार, जेष्ठ ५,२०८३ 01:36:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:36:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

Laxmi Sunrise Bank Limited
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८  देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
Shivam Cement

काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २०  गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा  दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ। यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ।  

Bizshala
New Office
CG Motors

यस क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा, र विशेषज्ञ द्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ। कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनुका साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको  छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट  र  स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।  

सुजुकीको मनसुन  फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.