सिटि होटल रु.१३.८७ करोड घाटामा, आम्दानीमा सामान्य सुधार
काठमाण्डौ । सिटि होटल लिमिटेडले पौने १४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ८७ लाख ४६ हजार रुपैयाँ घाटा ब्यहोरेको हो । कम्पनीले गत आवको तुलनामा भने घाटा कम गरेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ३८ लाख ३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । सो अवधिसम्म कम्पनीको आम्दानीमा सामान्य सुधार देखिदा कम्पनीले घाटा कम गरेको हो...

