रियलस्टेट र सेयर बजारमैत्री मौद्रिक नीति: तर के वित्तीय स्थायित्वमा टेवा पुग्ला ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने, पूँजी संरचना विस्तार गर्ने र ऋणीमैत्री कार्यक्रम ल्याउने जस्ता महत्त्वपूर्ण नीति घोषणा गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेका निर्णयहरूले वित्तीय स्थायित्व, लगानीमैत्री वातावरण र समावेशी पहुँच विस्तार गर्ने लक्ष्य लिएको देखिन्छ।