अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?
काठमाण्डौ । अण्डाको मूल्यवृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको समर्थन फार्म मूल्य मूल्य बढाएको हो । यससँगै अब अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको ३८० र ‘एक्सएल’को ४५० कायम गरिएको छ ।संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको थियो । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० मा झरेको थियो ।