बुधबार, श्रावण ६,२०८३ 11:25:23
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 11:25:23
Bizshala
Global IME Bank Limited

अण्डाको मूल्य घट्यो

अण्डाको मूल्य घट्यो
New Office

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। ठूलो अण्डा ३० वटा प्रतिक्रेट रु. ३७५ र मिडियम अण्डा रु. ३३५ कायम गरिएको छ।

नेपालमा अण्डा उत्पादन बढेको र भारतबाट ठूलो मात्रामा आयात भइरहेको कारणले बजारमा आपूर्ति बढ्दा मूल्यमा गिरावट आएको हो।

अण्डाको मूल्य हाल केही महिनाअघिसम्म उच्च भएको थियो। मंसिरमा ठूलो अण्डा प्रतिक्रेट रु. ५६५ र मझौला रु. ५५०मा बेचिएको थियो। त्यसपछि क्रमिक रुपमा मूल्य घट्दै माघ ११ मा ठूलो अण्डा रु. ४९५ र माघ २२ मा रु. ४३५ पुगेको थियो ।

गत माघ ११ मा ठूलो अण्डाको एक क्रेट (३० वटा)को फार्म मूल्य ३० रुपैयाँले बढाएर ४९५ रुपैयाँ कायम गरिएको थियो। यस्तै मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ तोकिएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.