इमर्जिङ नेपालको नाफा १०६% ले वृद्धि, आम्दानी पनि बढ्यो
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार कम्पनी १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८६ लाख १४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।...

