युरोपमा गर्मीले तोड्यो सबै रेकर्ड, सन् २०२४ मा गर्मीका कारण ६२ हजारभन्दा बढीको मृत्यु
काठमाण्डौ । युरोपमा गत वर्ष अर्थात २०२४ मा आएको कीर्तिमानी गर्मीले ६२ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । सेप्टेम्बर २२ मा जारी गरिएको नेचर मेडिसिनको प्रतिवेदनमा यो जानकारी दिइएको हो ।सन् २०२४ मा युरोपमा गर्मीका कारण ६२ हजार ७०० जनाको मृत्यु भएको प्रतिवेदनले जनाएको छ । गर्मीका कारण ज्यान गुमाउनेमा महिला र वृद्धको संख्या सबैभन्दा बढी रहेको छ । युरोपेली संघको कोपर्निकस...