गौरीशंकर पावरले थाल्यो आईपीओ निष्कासनको तयारी
काठमाण्डौ । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।