काठमाण्डौ । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा जारी पूँजीको २० प्रतिशतबराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।