सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीमा पनि भारी गिरावट
काठमाण्डौ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ४ हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख २ हजार ५ सय रुपैयाँ कायम थियो ।

