विद्या भट्टराई शिक्षा समितिमा, पूर्णबहादुर तामाङ अर्थमा
काठमाण्डौ । हालै मात्रै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको छ । प्रतिनिधि सभाका सदस्यको समिति हेरफेर गर्दै दुवै जनालाई संसदीय समितिमा मनोनयन गरिएको हो । यससँगै भट्टराईलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य र तामाङलाई अर्थ समितिमा मनोनयन गरिएको छ ।