झापा इनर्जीको आईपीओमा पहिलो दिनमै १०.६९ गुणा बढी आवेदन
काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै १०.६९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा पहिलो दिनमै ४ लाख ४१ हजार ५३२ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ५० करोड ६४ लाख १८ हजार रुपैयाँ बराबरको ५० लाख ६४ हजार १८० कित्ताका लागि आवेदन परेको हो, जुन यो मागभन्दा १० गुणा बढी आवेदन हो ।