माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड, ४ जना भाग्यमानीले पाए थप एक कित्ता
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे बाँडफाँड भएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता...