मितेरी डेभलपमेन्ट बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले मंसिर ६ गतेको साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश(कर समेत) सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत मंसिर ७ गतेदेखि जम्मा गरेको हो । बैंकले कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त रकम जम्मा गरेको हो ।

