धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ, लगानीकर्ताको हित संरक्षणमा इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराउँदै पुँजी बजारको सुधार, लगानीकर्ताको हित संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।

