एक्सेल डेभलपमेन्ट बैंक एनपीएस–नेशनल कार्ड स्विच र नेपालपे कार्डमा आवद्ध
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डाइन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।