नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तीव्र पार्ने सेबोनको तयारी, स्वार्थ समूह भने रोक्ने खेलमा
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउने भएको छ । बोर्डले केही महिनाअघि गठन गरेको समितिले सञ्चालक समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । यसकै आधारमा अब धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक राखेर बाँकी प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाउने तयारी गरेको हो ।