बिहीबार, असार ५,२०८२ 09:17:52
  • बिहीबार, असार ५,२०८२ 09:17:52
Global IME Bank Limited

सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज

Hyundai Nepal
सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज
Nabil Bank Limited

काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, र डा।मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेको थियो ।  

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापा लगायतले रिट दायर गरेका थिए । अब उक्त रिट खारेज भएसँगै निजी क्षेत्रलाई लाइसेन्स दिने बाटो सहज भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थमन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।  

तत्पश्चात नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज अघि बढाउने सरकारलाई प्रतिवेदन बुझाएको थियो ।  

कृष्णबहादुर थापाले धितोपत्र बोर्डद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने क्रममा नीतिगत त्रुटि गरेको भन्दै अनुमति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको दौडमा ३ वटा समूह रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.