नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा आगामी जेठ ११ गते काठमाण्डौको टोखास्थित कम्पनीको कार्यालयमा दिनको ३ बजेदेखि सुरु हुनेछ ।

